Main News

बजेट पहूँचवाला व्यापारीको मात्र भएकाे आराेप किन लाग्याे? (भिडियो रिपोर्टसहित)

२०७९ असार २५ गते २०:१५
बजेट पहूँचवाला व्यापारीको मात्र भएकाे आराेप किन लाग्याे? (भिडियो रिपोर्टसहित)

२५ असार २०७९ काठमाडौं । प्रधानमन्त्रीपुत्र जयवीरसिंह देउवा, राज्यमन्त्री उमेश श्रेष्ठ र केही सीमित व्यवसायिक घरानालाई मात्र पोस्ने गरी बजेट मार्फत् करका दरहरु परिवर्तन गरिएपछि अहिले त्यसको चौतर्फी आलोचना भइरहेको छ । प्रमुख प्रक्षिपक्षी नेकपा एमालले यो बजेट राष्ट्रको नभई पदमा रहेका र पहुँचवाला व्यापारीको मात्र भएकाले खारेज गर्नुपर्ने माग गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमार्फत् केही सीमित व्यक्तिलाई फाइदा पुग्ने गरी करका दर परिमार्जन गरेको पाइएको छ । अनधिकृत व्यक्तिलाई खेताला लगाएर कयौं करका दर परिवर्तन गरियो । त्यसको लाभ निश्चित व्यवसायिक घरानालाई पुग्ने देखिएको छ ।

यस्तै सेनेटरी प्याडको हकमा त प्रधानमन्त्री शेरबहादुर देउवापुत्र जयवीरसिंह देउवा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई पोस्न सरकारले विभेदकारी नीति लिएको पाइएको छ। स्वदेशीभन्दा आयातित वस्तुलाई पोस्ने गरी करको दर परिवर्तन गरियो । जुन राज्यले लिएको आयात प्रतिस्थापनको अहिलेको नीतिभन्दा ठिक उल्टो हो । सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्रीकै पुत्रलाई पोस्ने गरी करमा गरिएको परिवर्तनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गम्भिर अपराध भन्दै यसलाई तत्काल सच्याउन माग गरेको छ ।

अर्थमन्त्री शर्माले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट प्रतिस्थापन गर्दै चालू आर्थिक वर्षका लागि नयाँ बजेट ल्याउनुभएको थियो । उनै मन्त्री शर्माले सरकारमै रहेका राज्यमन्त्री, प्रधानमन्त्रीका पुत्र र सांसदसमेत रहेका एक व्यापारीलाई फाइदा पुग्ने गरी ल्याएको बजेट मुलुकको बजेट हुनै नसक्ने एमालेको दाबी छ । यसलाई खारेज गर्नुपर्ने माग उसको छ ।

अर्थमन्त्री शर्मामाथि मंगलबारबाट संसदीय छानबिन हुँदैछ । बजेटका विषयलाई लिएर प्रधानमन्त्री र राज्यमन्त्री श्रेष्ठमाथि समेत प्रश्न उठेकाले छानबिन समितिको सुई अब त्यतातिर पनि सोझिने भएको छ।

आफू सत्ता र शक्तिमा रहेका बेला जे र जस्तोसुकै निर्णय पनि गर्छन् भन्ने पछिल्लो उदाहरण हुन् मन्त्री शर्मा र राज्यमन्त्री श्रेष्ठ । मुलुकको अर्थतन्त्रलाई कसरी मजबुत बनाउने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेभन्दा पनि मन्त्री शर्माले कसरी प्रधानमन्त्री, राज्यमन्त्री श्रेष्ठ र केही सीमित घरानालाई प्रशन्न बनाउन भन्ने अभिप्रायले बजेट बनाएको प्रष्ट हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *