राजनीति

अन्तर्घात छानबिन गर्न समिति गठन, सबै प्रदेशमा चुनाव लक्षित प्रशिक्षण दिने निर्णय

हिमालय टिभी
२०७९ असार २५ गते १३:१०
अन्तर्घात छानबिन गर्न समिति गठन, सबै प्रदेशमा चुनाव लक्षित प्रशिक्षण दिने निर्णय

२५ असार २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले स्थानीय तह निर्वाचनको अन्तर्घातबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न अनुशासन विभाग संयोजक टंक राईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

बैठकले साउन १६ गतेदेखि भदौ ३ गतेसम्म विभिन्न प्रदेशको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले प्रदेश कमिटी र केन्द्रबीच समन्वय गर्न प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति पनि बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्