Main News

आज र भोलि केही स्थानमा भारी वर्षा हुने, बाढी, पहिरो र डुबानको जोखिम

हिमालय टिभी
२०७९ असार २४ गते ९:००
आज र भोलि केही स्थानमा भारी वर्षा हुने, बाढी, पहिरो र डुबानको जोखिम

२४ असार २०७९ काठमाडौं । आज र भोलि देशका अधिकांश स्थानमा वर्षा हुने र थोरै स्थानमा भारी वर्षा हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

मनसुनी वायु सक्रिय हुन लागेकाले आज र भोलि देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशका धेरै स्थाना मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १ र मधेश प्रदेशका एकदुई स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

भोलि दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र बागमती प्रदेशका एकदुई स्थानहरूमा साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

भारी वर्षा भएसँगै बाढी, पहिरो र डुबानको जोखिम रहने भन्दै उहाँले नदी तटीय क्षेत्रका बासिन्दा र भीरालो जमिन आसपास घर भएकाहरूलाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । भोलि साँझदेखि भने पानी पानी केही कम हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *