Main News

आज केही स्थानहरुमा पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम

हिमालय टिभी
२०७९ असार २३ गते ९:०२
आज केही स्थानहरुमा पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम

२३ असार २०७९ काठमाडौं । आज देशका केही स्थानहरुमा पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनी वायुको प्रभावले आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएपनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी परेसँगै पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेको हो ।

यस्तै आज दोलखा, रोल्पा, सल्यान, रुकुम पश्चिम, दैलेख, कालिकोट र आसपासका नदीहरूमा बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *