Main News

अर्थमन्त्री जनार्दन शर्माद्वारा पदबाट राजीनामा

हिमालय टिभी
२०७९ असार २२ गते १६:३८
अर्थमन्त्री जनार्दन शर्माद्वारा पदबाट राजीनामा

२२ असार २०७९ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ। उहाँले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गर्नुभयो ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि यस विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति गठन गरिएको छ ।

यसअघि अर्थमन्त्री जर्नादन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति गठन भएको थियो ।

आज प्रतिनिधि सभा बैठकले समिति गठन गरेको हो । बैठकमा सभामुख अग्नि सापकोटाले संसदीय छानबिन विशेष समिति गठन गर्न प्रस्ताव गरेका थिए ।

समितिमा एमालेबाट ४, कांग्रेस र माओवादीबाट २र२ तथा जसपा, लोसपा र एकीकृत समाजवादीबाट १, १ जना सहभागी छन् । समितिमा खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, देव गुरुङ, शक्ति बस्नेत, पुष्पा भुषाल, लक्ष्मणलाल कर्ण, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्रप्रसाद यादव हुनुहुन्छ ।

समितिले १० दिनमा प्रतिवेदन बुझाउनुपर्ने छ। नेकपा एमालेले अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएकाले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *