Main News

संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्छ : प्रधानमन्त्री देउवा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार २१ गते १६:३५
संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्छ : प्रधानमन्त्री देउवा (भिडियो रिपोर्टसहित)

२१ असार २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा आयोजित नेपाल संङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको १२औँ प्राज्ञ–सभा उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले देशको संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सकेमा नेपालको विशिष्ट पहिचान स्थापित हुने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थापना र सम्वर्द्धनमा कलाकार र साहित्यकारहरुको अमूल्य योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले लोक सङ्गीत, लोक नाट्य र लोक नृत्यहरु लोप हुँदै गएकाले यसको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

मन्त्री श्रेष्ठले लोक सङ्गीत, नाट्य र नृत्यको दीर्घ साधकहरुको सम्मान गर्दै भावी पुस्ताको सहभागिता बढाउँदै लैजानु आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *