एसपीपीमा सहभागी नहुने निर्णय अमेरिका पठाउन बाँकी नै रहेको परराष्ट्रको प्रष्टीकरण (भिडियो रिपोर्टसहित)

१९ असार २०७९ काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय अमेरिकालाई पठाउन बाँकी रहेको जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपी अस्वीकार गर्ने सरकारले निर्णय गरे पनि पत्र पठाउने काम बाँकी नै रहेको जानकारी दिनुभयो । उहाँले एसपीपीबारे मन्त्रिपरिषद्को निर्णय मन्त्रालयमा आएको र अध्ययन भइरहेको बताउनुभयो ।
राष्ट्रियसभाको एउटा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले एसपीपी अस्वीकारको पत्र अमेरिकालाई पठाइसकेको दाबी गर्नुभएको थियो । पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको जानकारी दिइएको छ ।
प्रवक्ता लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको तयारी पुगेपछि तिथि मितिको घोषणा हुने र सञ्चारमाध्यामहरुलाई जानकारी दिने स्पष्ट पार्नुभयो ।
प्रवक्ता लम्सालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण पनि उपयुक्त समयमा हुने बताउनु भयो ।
प्रतिक्रिया