Main News

पानीपुरी-चटपटे बेच्नेलाई हटाइयो, व्यवसाय संरक्षणको कुनै उपाय किन दिइएन ? (भिडियो रिपोर्टसहित)

२०७९ असार १८ गते २०:५८
पानीपुरी-चटपटे बेच्नेलाई हटाइयो, व्यवसाय संरक्षणको कुनै उपाय किन दिइएन ? (भिडियो रिपोर्टसहित)

१८ असार २०७९ काठमाडौं । स्वास्थ्य संक्रमण फैलिन नदिने भन्दै ललितपुर महानगरपालिकाले ठेला राखेर चटपटे र पानीपुरी व्यापार गर्नेलाई प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । असार १२ गतेको निर्णयपछि पानीपुरी र चटपटे व्यापार गर्नेहरुलाई हटाउन थालियो । तर, उनीहरुको व्यवसाय संरक्षणका कुनै उपाय दिइएको छैन ।

काम गरेर खान पाउने कि नपाउँने ? अहिले ललितपुर महानगरपालिकामाथि यो प्रश्न तेर्सिएको छ । असार १२ गते महानगरपालिकाले हैजा फैलन सक्ने भन्दै खुल्लारुपमा पानीपुरी, चटपटे विक्रीमा रोक लगायो ।

स्वास्थ्यका सबै मापदण्ड पूरा गर्नुपर्नेभन्दा पनि त्यस्ता साना व्यवसायीलाई दुरुत्साहित गर्नेगरी महानगरपालिकाको निर्णयले विपन्न नागरिकलाई ठूलै मार परेको छ । सरोकारवाला निकायले कुनै मापदण्ड नतोकी एक्कासी खरिखानै रोक लगाएको पीडितले गुनासो गरेका छन् ।

झट्ट सुन्दा महानगरको निर्णय राम्रै हो । तर, साना व्यवसायीहरुको जिविकोपार्जनको विकल्प के हो त रु महानगर मौन छ । ललितपुर महानगरका बासिन्दा पनि ति साना व्यवसायीको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउँछन् ।

महानगरले भने अव्यवस्थित पानीपुरी र चटपटेमा प्रयोग हुने पानी फोहर र सडकको धुलो मिसिने भएकाले हैजा फैलिन सक्ने भएकाले विक्रीमा रोक लगाउनुपरेको तर्क दिन्छ । आफ्नो निर्णय १९ वटै वडामा कार्यान्वयन भएको महानगरको दाबी छ ।

महानगरले भनेको कुरा ठिक जस्तो लागेपनि व्यवस्थापनका अन्य उपायहरुमा ध्याननै नदिएको प्रष्ट हुन्छ । चटपटे, पानीपुरी विक्रि कतिको हाइजेनिक छ ?

स्वास्थ्यका मापदण्ड पूरा भएको छ कि छैन भन्ने प्रश्नको महानगरसँग उत्तर छैन । यतातिर ध्यान दिंदै महानगरले व्यस्थित गर्न आवश्यक मात्र छैन नागरिकको जिविकोपार्जनमा पनि ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *