Main News

एमाले अध्यक्ष ओलीले माग कृषिमन्त्री यादवको राजीनामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १८ गते १८:४३
एमाले अध्यक्ष ओलीले माग कृषिमन्त्री यादवको राजीनामा (भिडियो रिपोर्टसहित)

१८ असार २०७९ काठमाडौं । प्रमुख प्रतीपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गर्नु भएको छ ।

अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै यादवलाई किन राजीनामा नदिएको भन्ने प्रश्न गर्नुभयो ।

उहाँले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट महासंघलाई निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले आफूले सरकार छोडेको एक वर्षमै ४९ अर्ब रुपैंया बराबरको चामल आयात गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नु भयो । उहाँले कृषि प्रदान देशमा, उर्वर जमिन भएको देशमा एक वर्षमा ठूलो परिणाममा चामल आयात गर्नु अशोभनीय भएको बताउनुभयो ।

अध्यक्ष ओलीले सरकारले कृषि क्षेत्रको उत्थान हुने गरी केही पनि काम गर्न नसकेको आरोप समेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *