लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री वलीद्वारा राजीनामा

१५ असार २०७९ बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिनु भएको छ ।
वलीले आज मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा सांसद सुदर्शन बरालले जानकारी दिनुभयो ।
जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो ।
वलीले छानविन समितिलाई सघाउन भनेर राजीनामा दिएको बताइएको छ । पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा वली तत्कालीन नेकपाबाट विजयी हुनु भएको थियो ।
फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोज्नु भएको थियो । त्यसपछि गठबन्धन नेतृत्वको सरकारले उहाँलाई राज्यमन्त्री बनाएको थियो ।
प्रतिक्रिया