राजनीति

मन्त्री फिर्ता गर्ने समाजवादीको निर्णय अपरिपक्वः माओवादी नेता शर्मा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १४ गते १८:०७
मन्त्री फिर्ता गर्ने समाजवादीको निर्णय अपरिपक्वः माओवादी नेता शर्मा (भिडियो रिपोर्टसहित)

१४ असार २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले नेकपा एकीकृत समाजवादीको मन्त्री फिर्ता गर्ने निर्णय अपरिपक्व भएको बताउनुभएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा नेता शर्माले ४५ महिनामा कुनै पनि मन्त्रीले कामको परिणाम दिन नसक्ने भन्दै एउटा निश्चित अवधि काम गर्न पाउने अधिकार मन्त्रीलाई दिनुपर्ने बताउनुभयो ।

उहाँले पालो पुर्‍याउनका लागि मात्रै मन्त्री बनाउने संस्कृतिलाई दुरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो ।

नेता शर्माले आगामी निर्वाचनसम्म अहिलेको गठबन्धन निर्धक्क जाने दाबी गर्दै गठबन्धनलाई व्यवस्थित र सुदृढ गर्न आफूहरु लागि परेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्