सामरिक र रणनीतिक गठबन्धनमा नेपाल सहभागी नहुने परराष्ट्रमन्त्री खड्काको प्रष्टोक्ति (भिडियो रिपोर्टसहित)

१३ असार २०७९ काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपाललाई कुनै पनि सामरिक र रणनीतिक गठबन्धनमा प्रवेश नगराउने बताउनुभएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री खड्काले राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीतिको विपरित हुने गरी कुनै पनि सामरिक वा रणनीतिक गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताउनुभयो ।
उहाँले सरकारले अवलम्बन गरेका नीतिका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको दाबी गर्नुभयो ।
मन्त्री खड्काले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाल, भारत सीमासम्बन्धी समस्या समाधानका लागि भारतसँग कुटनीतिक स्तरमा वार्ताको प्रयास भइरहेको बताउनुभयो ।
मन्त्री खड्काले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, स्वाधिनता, सीमानाको सुरक्षा र सीमा व्यवस्थापन जस्ता विषयहरुमा सरकार गम्भिर रहेको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया