Main News

‘स्वास्थ्य बीमा’ कार्यक्रम: असफल बनाउने प्रयास ! (भिडियो रिपोर्टसहित)

२०७९ असार ११ गते २०:५३
‘स्वास्थ्य बीमा’ कार्यक्रम: असफल बनाउने प्रयास ! (भिडियो रिपोर्टसहित)

११ असार २०७९ काठमाडौं । हाल स्वास्थ्य बीमा बोर्ड मार्फत संचालन हुँदै आएको ‘स्वास्थ्य बीमा’ कार्यक्रम सरकारले आगामी वर्षदेखि निजी कम्पनीमार्फत् संचालन गर्ने घोषणा गर्‍यो ।

बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन बोर्डको व्यवस्थापन सुधार गर्ने र जनशक्तिको व्यवस्थापनलाई छाडेर निजी कम्पनीमार्फत संचालन गर्ने घोषणा गर्नुलाई असफल बनाउने प्रयासका रुपमा हेरिएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट मार्फत् स्वास्थ्य बीमालाई ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । यो सँगै स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन भन्दै स्वास्थ्य मन्त्रालयबाट खोसेर निजी कम्पनीमार्फत् यो कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ ।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य बीमा बोर्डले जनशक्तिको अभावले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको भनिरहँदा जनशक्ति व्यवस्थापन गर्नुको साटो निजीकरण गर्नुलाई बीमा कार्यक्रम असफल बनाउने प्रयासका रुपमा हेरिएको छ ।

उसो त निर्जीवन बीमा कम्पनीहरुले यसअघि यस्तो बीमाको जिम्मेवारी आफूले पाउनुपर्ने माग पटक–पटक गर्दै आएका थिए । यही आधारमा अर्थमन्त्री जनार्दन शर्माले केही निश्चित बीमा कम्पनीलाई फाइदा पुग्ने गरि सेटिङ मार्फत् यस्तो व्यवस्था गरेको आरोप बजेट माथिको छलफलमा सांसदहरुले लगाइसकेका छन् । कार्यक्रमलाई प्रभावकारी बनाउन निजीकरण गर्नेभन्दा पनि बोर्डको व्यवस्थापनलाई थप बलियो बनाउनुपर्ने बोर्डकै पूर्वअधिकारी बताउँछन् ।

बजेट निर्माणको मध्यराति अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करका दर तलमाथि गर्ने अधिकार दिएका अर्थमन्त्री शर्माले स्वास्थ्य बीमा पनि सेटिङमै चलाएको भन्ने आरोप सत्यको नजिक छ ।

जबकी, बोर्ड बाहेक सरकारी स्वामित्वकै राष्ट्रिय बीमा कम्पनी छ । तर यो संस्थालाई छलेर नीजि कम्पनी मार्फत कार्यक्रम संचालन गर्न दिने घोषणा नै शंकास्पद देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *