Main News

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

२०७९ असार १० गते ८:१३
नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

१० असार २०७९ मुग्लिन । वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फीरुपमा खुलेकोे छ ।

बिहान ६ः३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् । वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *