Main News

संसद बैठक आज पनि बस्दै

हिमालय टिभी
२०७९ असार ९ गते ७:४८
संसद बैठक आज पनि बस्दै

९ असार २०७९ काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *