राजनीति

प्रधानमन्त्रीको अमेरिका भ्रमणका बेला कुनै सम्झौता नगर्ने गठबन्धनमा सहमति

हिमालय टिभी
२०७९ असार ५ गते १४:२८
प्रधानमन्त्रीको अमेरिका भ्रमणका बेला कुनै सम्झौता नगर्ने गठबन्धनमा सहमति

५ असार २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुबीच प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणमा कुनै सम्झौता नगर्ने सहमति भएको छ।

प्रधानमन्त्री निवास बालुवाटार आज बिहान बसेको गठबन्धनको बैठकमा अमेरिकामा हुन लागेको कार्यक्रममा सहभागी हुने तर प्रधानमन्त्रीले कुनै समझदारी नगर्ने सहमति भएको हो।

अमेरिकी सैन्य रणनीति स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेपछि प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाव दिएको छ ।

प्रधानमन्त्रीले यो सुझावलाई पालना नगरी भ्रमणमा जाने निर्णय गठबन्धनबाट अनुमोदन गराएका हुन् । हिजो मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने निष्कर्ष निकालेका थिए ।

बैठकमा एकीकृत समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने पार्टी निर्णय कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्