राजनीति

नेताहरु नीतिगत बहसमा भन्दा एक-अर्कालाई खुइल्याउन तल्लिन (भिडियो रिपोर्टसहित)

२०७९ असार ५ गते ७:५१
नेताहरु नीतिगत बहसमा भन्दा एक-अर्कालाई खुइल्याउन तल्लिन (भिडियो रिपोर्टसहित)

५ असार २०७९ काठमाडौं । जनताको प्रतिनिधित्व हुने सार्वभौम थलो हो, संसद । हिजो–आज संसद एक–अर्काविरुद्ध तितो पोख्ने थलोका रुपमा विकास हुँदैछ । कानून बनाउने मुख्य जिम्मेवारी रहेको संसदमा कानून सम्बन्धि छलफलभन्दा पनि एक–अर्कालाई तल देखाउनै सांसदहरु सक्रिय बन्ने गरेका छन् ।

प्रतिनिधिसभामा अहिले बजेटमा छलफल जारी रहेको छ । ति बाहेक पनि संसदको यो अधिवेशनमा नागरिकता विधेयक, प्रहरी सम्बन्धि विधेयक, प्रदेश प्रहरी सञ्चालन सम्बन्धि लगायत ४० वटा विधेयक छलफलकै क्रममा छ ।

संघीयता कार्यान्वयनमा आएको पाँच वर्षमा पनि प्रदेशलाई दिएको अधिकार प्रत्यायोजन गर्न बनाइएका धेरै विधेयकहरु अलपत्र छन् । यी विषयमा सांसदको ध्यान पुग्नुपर्नेमा कतिपनि चासो दिएको पाइदैन । आर्थिक वर्ष २०७९–८० को बजेटका आयामहरुमा छलफल जारी रहँदा सांसदहरु आरोप–प्रत्यारोपमै अलमलिएका छन् ।

प्रधानमन्त्री–मन्त्री कोही पनि संसदको मर्यादा कायम राख्न इच्छुक देखिदैनन् । प्रधानमन्त्रीले त आफ्नो मन्त्रालयगत जवाफ दिन चासो नै दिनुभएको छैन । त्यतिमात्र होइन, प्रमुख प्रतिपक्षको मुख्य थलो मानिने संसदमा एमालेको भूमिका पनि रचनात्मक हुन सकेको छैन । सरकारप्रतिको कुण्ठा पोख्ने थलोकै रुपमा प्रमुख प्रतिपक्षले संसदलाई लिन थालेको छ ।

बजेट छलफलमा सांसदको सहभागिता कम हुँदा प्रभावकारी बन्न सकेको छैन । अर्थमन्त्रीविरुद्ध गम्भीर प्रश्न उठ्दासम्म संसदले चासो देखाएको छैन । सांसद एक–अर्काविरुद्धकै आरोप–प्रत्यारोपमै अलमलिएका छन ।

संसद जस्तो गरिमामय स्थानमा यतिसम्म मात्र होइन, सांसदले सलाम नपाएकोदेखि संघीय संसदभित्र पानीको समस्यासम्मका कुरा उठाइन्छ ।

धेरै विधेयकहरु अलपत्र छन्, प्रधानन्यायाधीशको महाभियोग अलमलमै राखिएको छ । बजेट छलफलले अन्तिमरुप पाएको छैन । तर, संसदको नौटंकी कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्