Main News

एसपीसीको डकुमेन्टका विषयमा जनतामा भ्रम छर्न खाेजियाे: प्रधानसेनापति शर्मा

हिमालय टिभी
२०७९ असार ३ गते १४:२९
एसपीसीको डकुमेन्टका विषयमा जनतामा भ्रम छर्न खाेजियाे: प्रधानसेनापति शर्मा

३ असार २०७९ काठमाडौं । नेपाली सेनाले अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे संसदीय समितिमा प्रष्ट पारेको छ । हातहतियारसँग जोडिएर सेनाले कुनै सम्झौताको पहल नगरेको पनि प्रष्ट्याएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले नेपालले हिन्द–प्रशान्त रणनीति आइपीएसअन्तर्गत कुनै पनि सैन्य सहयोग नलिएको प्रष्ट पार्दै गैरहतियार सहयोगकाबारेमा मात्र सेनाले पत्राचार गरेको बताउनुभएको छ ।

उहाँले अमेरिकाले दिने सैन्य सहयोग एसपीपीअन्तर्गत गैर हतियार सामग्रीको मात्र रहेको उल्लेख गर्नुभयो । उहाँले हालसम्म केही हेलिकप्टर, एयर क्राफ्ट र विपत्त उद्दारका लागि चाहिले सामग्री उपलब्ध भएको जानकारी दिनुभयो ।

प्रधानसेनापति शर्माले नेपाली सेना नेपालको परराष्ट्र नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै सन् २०१९ पछि एसपीपीलाई आइपीएस अन्तर्गत ल्याउन खोजिएपछि यसमा पुनर्विचार गर्नुपर्ने सुझाव सरकारलाई दिइएको पनि जानकारी गराउनुभयो ।

प्रधानसेनापति शर्माले भूराजनीतिक जटिलतालाई ध्यानमा राखेर नेपाली सेना अघि बढेकाले शंका नगर्न पनि आग्रह गर्नुभयो । उहाँले नेपाली सेनाले विभिन्न मुलुकका सेनासँग विपत्त व्यवस्थापन र सैन्य अभ्यासहरु गर्दै आएको पनि प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *