Main News

संसदीय समितिले आज प्रधानसेनापति शर्मासँग छलफल गर्दै

हिमालय टिभी
२०७९ असार ३ गते ७:२३
संसदीय समितिले आज प्रधानसेनापति शर्मासँग छलफल गर्दै

३ असार २०७९ काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा आज संसदीय समितिमा जाँदै हुनुहुन्छ ।

नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो ।

समितिले शर्मालाई आज ९ बजे उपस्थित हुने गरी बोलाएको छ । अमेरिकी दूतावासले नेपाल एसपीपीको अंग भइसकेको बताएको थियो भने सेनाले विज्ञप्ति जारी गर्दै कुनै पनि सैन्य गठबन्धनमा नरहेको र नरहने जनाएको थियो ।

हिजो तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई स्टेट पार्टनरसिपमा सहभागी हुन पत्र लेखेको सार्वजनिक भएसँगै समितिले प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *