Main News

सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसरः राष्ट्रपति भण्डारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार १ गते १८:२१
सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसरः राष्ट्रपति भण्डारी (भिडियो रिपोर्टसहित)

१ असार २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार आर्थिक रुपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर रहेको बताउनुभएको छ ।

लोकसेवा आयोगको ७२ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले आयोगले आफूलाई नयाँ युगका नयाँ चाहना सामना गर्नसक्ने गरेर सुधार एवं विकास गर्दै अघि बढ्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले जनताको समृद्धिको आकांक्षा सम्बोधन गर्नसक्ने र मानवश्रोतको पहिचान गरी सेवालाई बलियो बनाउने अधिकार प्राप्त आयोगले त्यसलाई आत्मसाथ गर्दै आफ्नो दायित्व पूरा गर्न कटिवद्ध हुनुपर्ने बताउनु भयो ।

राष्ट्रपति भण्डारीले क्षमतायुक्त र दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम र उम्मेदवार छनोट प्रक्रियामा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगले ध्यान पु¥याउन आवश्यक रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *