Main News

संसदमा आज पनि मन्त्रीहरुले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने

हिमालय टिभी
२०७९ जेठ ३१ गते ८:४९
संसदमा आज पनि मन्त्रीहरुले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने

३१ जेठ २०७९ काठमाडौं । प्रतिनिधिसभा बैठकमा बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको आज १० विभागीय मन्त्रीले जवाफ दिँदै छन् ।

संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा बजेजमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची तय भएको छ । आज सहरी विकास, कृषि, शिक्षा, उद्योग, पर्यटन मन्त्रीले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची छ ।

यस्तै युवा तथा खेलकुद, परराष्ट्र, स्वास्थ्य, खानेपानी र अर्थमन्त्रीले पनि जवाफ दिने कार्यसूची तय भएको छ ।

रुसको भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्रीले पनि संसदमा जवाफ दिने कार्यसूची राखिएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार मन्त्रीहरुले जवाफ दिएपछि बजेट पारितको चरणमा प्रवेश गर्ने छ ।

मन्त्रीहरुको जवाफ अघि सून्य र विशेष समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *