Main News

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भन्दै नउफ्रिन मन्त्री आलेको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २९ गते १५:२५
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भन्दै नउफ्रिन मन्त्री आलेको चेतावनी (भिडियो रिपोर्टसहित)

२९ जेठ २०७९ काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भन्दै नउफ्रिन चेतावनी दिनुभएको छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलन्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुट्याएको बजेटप्रति आपत्ति जनाउँदै विमानस्थल निर्माणको अव्यवहारिक कुरा नगर्न मन्त्रीहरुलाई चेतावनी दिनुभयो ।

उहाँले २६ करोड बजेट छुट्याएर अन्तर्राष्ट्रिय विमान नबन्ने बताउँदै मधेसी जनता जहिल्यै रैती हुनुपर्ने अवस्था देखेको बताउनु भयो ।

न्यायपालिकाले मधेसलाई राजधानीसँग जोड्न नचाहने, मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप गरेको मन्त्री आलेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *