यातायात व्यवस्था कार्यालय गण्डकीले भन्यो–इम्बोस्ड जडान गर्न जनशक्ति छैन (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७९ पोखरा । यातायात व्यवस्था कार्यालय गण्डकीले जनशक्ति र उपकरण अभावका कारण पुराना सवारीलाई इम्बोस्ड जडान गर्न नसक्ने जनाएको छ ।
कार्यालयले पोखरामा आइतबारदेखि नै इम्बोस्ड नम्बर दिन शुरु गरे पनि सेवाग्राहीको चाप बढेको भन्दै पुराना गाडीका धनीलाई कार्यालय नआउन भनेको हो ।
विभागले विज्ञप्ती जारी गर्दै सेवाग्राहीको चाप अधिक बढेको र कार्यालयमा विभागबाट जडान भएको बायोमेट्रिक सर्भर र अरु उपकरण तथा जनशक्तिको क्षमताअनुसार दिनमा ४० देखि ५० वटासम्म मात्रै बायोमेट्रिक र डकुमेन्ट स्क्यान गर्न सकिने जनाएको छ ।
विभागले कार्यालय परिसरमा सवारीसाधन पार्किङको पनि समस्या रहेकाले सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि नयाँ तथा सरुवा दर्ता भई आउने सवारीमा मात्रै इम्बोस्ड नम्बर जडान गर्ने जनाएको छ ।
सरकारले हतारमा इम्बोस्ड नम्बर फेर्न उर्दी जारी गरेपछि पोखराका संघसंस्थाले विरोध जनाएका छन् ।
प्रतिक्रिया