Main News

काठमाडौं उपत्यकामा आजबाट फोहोर उठाइँदै

हिमालय टिभी
२०७९ जेठ २४ गते ९:१९
काठमाडौं उपत्यकामा आजबाट फोहोर उठाइँदै

२४ जेठ २०७९ काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट फोहोर उठाउन शुरु गरिएको छ ।

उपयत्यकाका सडक तथा गल्लीहरूमा चुनाव अघिदेखि थुप्रिएको फोहोर आजबाट उठाउन शुरु गरिएको हो । नुवाकोटको बन्चरेडाँडा तथा सिसडोल ल्याण्डफिल साइटमा फोहोर बिर्सजन गर्न दिने विषयमा स्थानीय वासिन्दासँग सहमति भएसँगै फोहोर उठाउन लागिएको हो ।

सहरी विकास मन्त्रालयमा हिजो भएको सर्वपक्षीय बैठकमा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयबासीको माग सम्बोधन गरी फोहोर व्यवस्थापन गर्ने सहमति जुटेको हो ।

मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा भएको वार्तामा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीवेशी नगरपालिका लगायतका स्थानीय तहका जनप्रतिनिधिहरु सहभागी थिए ।

सहमति अनुसार काठमाडौं महानगरपालिकाले ल्याण्डफिल साइटमा फोहोर फालेपछि हरेक दिन १५ सेन्टीमिटर माटोले पुर्नेछ । जसले गर्दा दुर्गन्ध फैलन नपाउने बताइएको छ ।

यसैगरी, महानगरपालिकाले एक साताभित्रै स्थानीय वासिन्दाको स्वास्थ्य बीमा गर्न शुरु गर्ने छ भने सडक तथा अस्पताल निर्माणमा नेपाल सरकार र काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गर्नेछन ।

महानगरपालिकाले अबदेखि उपत्यकामा सङ्कलन हुने फोहोरलाई कुहिने र नकुहिनेमा वर्गीकरण गर्नेछ । आगामी साउनदेखि कुहिने र नकुहिने फोहोरलाई अलग्गै राख्नुपर्न व्यवस्था महानगरपालिकाले गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *