Main News

हवाई दुर्घटनाको अनुसन्धान गर्न अध्यक्ष प्रचण्डको आग्रह

२०७९ जेठ १६ गते १८:३७
हवाई दुर्घटनाको अनुसन्धान गर्न अध्यक्ष प्रचण्डको आग्रह

१६ जेठ २०७९ काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हवाई दुर्घटनाको कारण पत्ता लगाई आवश्यक सावधानी र सचेतना अपनाउन सम्बन्धित सबैमा अपिल गर्नुभएको छ ।

अध्यक्ष प्रचण्डले आज एक विज्ञप्तिमार्फत मुस्ताङमा भएको पछिल्लो हवाई दुर्घटनाले केही गम्भीर प्रश्न खडा गरेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको हो ।

पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम जाने क्रममा आइतबार बिहान थासाङ गाउँपालिका–२ स्थित पटके लेकको सानोसोरा भन्ने स्थानमा तारा एयरको जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन सदस्य र १९ जना यात्रुको निधन भएको खबरले आफू मर्माहत भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

उक्त दुःखद घटनामा परी निधन भएका विमान कर्मचारी र सम्पूर्ण यात्रुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले शोकाकुल परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “भौगोलिक विकटताका बाबजुद नेपालमा हवाई यात्रा सुरक्षित र भरपर्दो हुँदाहुँदै पनि बेलाबेलामा हुने यसबाट दुर्घटनाको न्यूनीकरण र जनधनको क्षति कम गर्न सकिने विश्वास लिएको छु । साथै, यस दुर्घटनाको अनुसन्धानका लागि एक टोली बनाई सत्यतथ्य जनसमक्ष ल्याउन पनि म सरकारसँग विशेष आग्रह गर्दछु ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *