Main News

देशका पहाडी भूभागका केही स्थानमा पानी पर्ने सम्भावना

हिमालय टिभी
२०७९ जेठ १३ गते ९:१७
देशका पहाडी भूभागका केही स्थानमा पानी पर्ने सम्भावना

१३ जेठ २०७९ काठमाडौं । आज देशका पहाडी भूभागका केही स्थानगरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय र पश्चिमी वायुसँगै भारतको बिहारको आसपास रहेको न्यूनचापीय रेखाको प्रभावले आज देशका पहाडी भूभागका केही स्थानगरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

यसकै प्रभावले अहिले पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भूभागका केही स्थानगरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *