रुस–युक्रेन युद्धका कारण नेपालमा पाठ्यपुस्तक छपाइ हुन नसकेको दाबी (भिडियो रिपोर्टसहित)

११ जेठ २०७९ काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण समयमै विद्यालय तहको पाठ्यपुस्तक छाप्न नसकिएको बताएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण कागजको अभाव हुँदा समयमै पाठ्यपुस्तक छपाई गरी विद्यालयमा पठाउन नसकिएको स्पष्टिकरण दिनुभयो ।
प्रबन्ध निर्देशक झाले कागजको आपूर्ति भइसकेकाले असारको पहिलो हप्ता भित्र देशभरका सबै विद्यालयहरुमा पाठ्यपुस्तक पुर्याइसक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बैठकमा सत्तारुढ नेपाली कांग्रेसकी सांसद चित्रलेखा यादवले पाठ्यपुस्तक पु¥याउने काममा समेत गैरजिम्मेवार भएको भन्दै सरकारको आलोचना गर्नु भयो ।
एमालेका सांसद योगेशकुमार भट्टराईले अनिवार्य र निःशुल्क शिक्षा दिने संवैधानिक व्यवस्थाको समेत धज्जी उडाउने गरी सरकारले विद्यालयमा पाठयपुस्तक समेत समयमा पु¥याउन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
सरकारले समयमै पाठ्यपुस्तक पुर्याउन नसकेका कारण नयाँ शैक्षिक सत्रको पठन पाठन प्रभावित भइरहेको छ ।
प्रतिक्रिया