Main News

प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

२०७९ जेठ ११ गते १०:२६
प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

११ जेठ २०७९ विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गर्नुभएको हो ।

उहाँले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त दिन अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन आह्वान सम्बन्धि सूचना उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *