राजनीति

ताप्लेजुङमा चार स्थानीय तहमा कांग्रेस विजयी

२०७९ जेठ ५ गते ७:३८
ताप्लेजुङमा चार स्थानीय तहमा कांग्रेस विजयी

५ जेठ २०७९ फुङलिङ । ताप्लेजुङको नौवटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

नेपाली कांग्रेस सर्वाधिक चार स्थानीय तहमा विजयी भएको छ । नेकपा (एमाले)ले तीन र नेकपा (माओवादी केन्द्र)ले दुई स्थानीय तहमा जित हासिल गरेको छ ।

प्राप्त मत परिणामअनुसार फुङ्लिङ नगरपालिका तथा मिक्वाखोला, मेरिङदेन र सिरिजङ्गा गाउँपालिकामा काँग्रेस विजयी भएको छ । यस्तै आठराई त्रिवेणी, सिदिङवा र पाथीभरा याङवरक गाउँपालिकामा एमाले र फक्ताङलुङ र मैवाखोला गाउँपालिकामा माओवादी केन्द विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै उपाध्यक्षमा काँग्रेसले फक्ताङलुङ र मैवाखोलामा जित हासिल गरेको छ । एमालेले फुङ्लिङ नगरपालिकामा उपप्रमुख तथा आठराई त्रिवेणी र पाथीभरा याङवरक गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएको छ । यस्तै मिक्वाखोला, सिदिङवा र सिरिजङ्गामा माओवादी केन्द्रले उपाध्यक्षमा जितेको छ । मेरिङदेनमा एकीकृत समाजवादी उपाध्यक्षमा विजयी भएको छ ।

नौ स्थानीय तहको ६१ वडामध्ये ३० वडामा एमाले, १५ वडामा कांग्रेस, १० वडामा माओवादी केन्द्र, दुईमा एकीकृत समाजवादी र एउटामा सङ्घीय लिम्बूवान मञ्च विजयी भएको छ । त्यस्तै ४ वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्