Main News

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता कायमै

२०७९ जेठ २ गते २१:००
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता कायमै

२ जेठ २०७९ वीरगञ्ज । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनानुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले तीन हजार १४९ मतान्तरले अग्रतालाई निरन्तरता दिनुभएको छ ।

सिंहले पाँच हजार ७२६ मतसहित अग्रता कायम गर्नुभएको हो । नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले दुई हजार ५७७ मतसहित उहाँसँग प्रतिस्र्धामा हुनुहुन्छ ।

महानगरपालिकाको पछिल्लो मतगणना अनुसार वडा नं. १, २, ३, ३०, ३१ र ३२ को पछिल्लो मतगणनानुसार उक्त मत परिणाम बाहिर आएको हो । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्नेछ ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाइएको छ । त्यस्तै नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाइएको हो ।

मतगणना स्थल थप
यसैबीच वीरगञ्ज महानगरपालिकाको जारी मतणनाअन्तर्गत मतगणनालाई चाँडो सम्पन्न गर्न आज मतगणना स्थल र गणक थपिएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं १५ पिपरास्थित श्री नृसिंह माविमा वैशाख ३१ गतेदेखि चार वटा वडाको मात्र मतगणना भइरहेकोमा आजदेखि थप दुई वडाको गणना थालिएको हो ।

वीरगञ्ज महागरपालिकाको यस अगावै वडा नं १, २, ३१ र ३२ को मतगणना भएकोमा आज देखि थप वडा नं ३ र ३० को गणना थालिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *