Main News

लोमान्थाङमा एमाले विजयी

२०७९ वैशाख ३१ गते २०:१३
लोमान्थाङमा एमाले विजयी

३१ वैशाख २०७९ मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिका अध्यक्षमा एमालेका टसीनर्बु गुरुङले ६६८ र उपाध्यक्षमा एमालेकै छ्युमी विष्टले ६२२ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतले जनाएको छ ।

गुरुङका निकटतम प्रतिस्पर्धी कांग्रेसका टसी गुरुङले ५१४ र उपाध्यक्षमा विष्टकी प्रतिस्पर्धी छिरिङ ढोका गुरुङले ५२९ मत पाउनुभएको निर्वाचन अधिकृत घनश्याम सुवेदीले बताउनुभयो ।

लोमान्थाङको वडा नं १ र ५ मा कांग्रेसका तथा २, ३ र ४ नं वडाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा पेमाआङग्या गुरुङ, २ मा कर्म नामग्याल गुरुङ, ३ मा आङजेन गुरुङ, ४ मा छिरिङ धिण्डु गुरुङ र ५ मा ढुकके विष्ट वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

पाँचवटा वडा रहेको लामोन्थाङमा एक हजार ९४८ जना मतदाता रहेकामा शुक्रबार मतदानमा एक हजार २३१ मत खसेको थियो । मुस्ताङको पाँचवटा स्थानीय तहमध्ये थासाङ बाहेकका स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । एमालेले लोमान्थाङसहित लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र तथा कांग्रेसले घरपझोङ गाउँपालिकामा जीत हासिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *