Main News

देशमा तीन वायूको प्रभाव, प्रदेश १, मधेस प्रदेश र लुम्बिनीमा वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ वैशाख २४ गते ९:१५
देशमा तीन वायूको प्रभाव, प्रदेश १, मधेस प्रदेश र लुम्बिनीमा वर्षाको सम्भावना

२४ वैशाख २०७९ काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका तीन प्रदेशमा मौसम परिवर्तन रहने जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तमिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको भन्दै महाशाखाले अहिले मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका भू–भागमा एक– दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका भू–भागमा एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावनारहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *