आज देशका पहाडी भू–भागमा वर्षाको सम्भावना

२० वैशाख २०७९ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने बताएको छ ।
नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण मौसम परिवर्तन भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक वा दुई स्थानमा हल्का वर्षाको भइरहेको छ । आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ ।
पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा आंशिक बदली रहने छ ।
प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ
।
प्रदेश १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन आग्रह समेत गरेको छ ।
प्रतिक्रिया