Main News

स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ

२०७९ वैशाख १७ गते १३:१५
स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ

१७ वैशाख २०७९ काठमाडौं । प्रहरीले काठमाडौँको माछा पोखरीबाट स्रोत नखुलेको रु १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन् ।

सडकमा शङ्कास्पदरुपमा हिडिरहेका अवस्थामा सुरक्षा जाँच गर्दा उनीहरुबाट स्रोत नखुलेको रु १६ लाख रकम बरामद गरिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *