नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
११ वैशाख २०७९ काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले बताउनुभयो । यसअघि हिजोका लागि बोलाइएको बैठक नेताहरूको व्यवस्तताका कारण बस्न सकेन ।
आजबाट आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिने क्रम शुरु भए पनि कांग्रेसले हालसम्म महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको टुङ्गो लगाउन सकेको छैन । ६ वटा महानगरपालिकामध्ये ३ वटा प्रमुख पाएको कांगे्रसेले आजको बैठकबाट उम्मेदवारको नाम टुङ्गो लगाउने छ ।
काठमाडौं महानगरपालिकाको हकमा सिर्जना सिंहको विषयमा लगभग सर्वसम्मत नै भए पनि विराटनगर र ललितपुरमा उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको छ ।
यसैबीच नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचनको घोषणापत्र पनि सार्वजनिक गर्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे एक समारोहबीच घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।
नेकपा एमाले, एकीकृत सुमाजवादी पार्टी लगायत राजनीतिक दलले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
प्रतिक्रिया