नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

१० वैशाख २०७९ काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्न लागेको हो ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारबारे निर्णय गरिनेछ । यस्तै निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिनका लागि सचिवालयको बैठक बस्न लागेको उहाँले बताउनुभयो ।
यसअघि बिहीबार बसेको सचिवालय बैठकमा महासचिव शङ्कर पोखरेलले ७ वटा प्रदेश कमिटीले पार्टीमा सिफारिस गरेका नाम पढेर सुनाउनुभएको थियो ।
ललितपुर महानगरमा हरिकृष्ण व्यञ्जकार, भरतपुर महानगरमा विजय सुवेदी र वीरगञ्ज महानगरमा विजय सरावगीको मात्रै नाम एकलरुपमा सिफारिस भएर आएकाले उनीहरूको टुङ्गो लागिसकेको जनाइएको छ ।
अब बाँकी रहेका काठमाडौं, पोखरा महानगर र उपमहानगर लगायतका स्थानीय तहमा उम्मेदवार चयन गर्न बैठक बस्न लागको हो ।
प्रतिक्रिया