२०७९ वैशाख ६ गते १६:४७

६ वैशाख २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनले ६ वटा महानगरपालिकामा भागबण्डा गरेका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले भागबण्डा टुंगो लगाएको हो । सहमति अनुसार विराटनगर, ललितपुर र काठमाडौं महानगरपालिकामा कांग्रेसले नेतृत्व पाउने भएको छ ।
त्यस्तै पोखराको नेतृत्व एकीकृत समाजवादी पार्टीले पाउँदा भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले मेयर पाउने भएको छ ।
त्यस्तै वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीले मेयर पाउने छ । कांग्रेसले पोखरा र भरतपुर नछाड्ने अडान राख्दा गठबन्धनबीच सहमति जुट्न सकेको थिएन ।
बालुवाटारमा जारी बैठकमा ११ वटा उपमहानगरपालिकाको नेतृत्व बाँडफाँडको सहमति जुटाउने प्रयास जारी रहेको छ ।
प्रतिक्रिया