Main News

गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्छ : नेता कोइराला

२०७९ वैशाख ६ गते १५:११
गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्छ : नेता कोइराला

६ वैशाख २०७९ चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले गठवन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले दलबीचमा बनेको राजनैतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताउनुभयो । अहिले संवाद चलिरहेको उहाँको भनाइ थियो ।

आज साँझसम्म गठवन्धनभित्र टुङ्गो लाग्ने भन्दै उहाँले निर्णय नआएसम्म केही भन्न नसकिने बताउनुभयो । पार्टीका पूर्वमहामन्त्रीसमेत रहनु भएका नेता कोइरालाले हरेक जिल्लामा विरोधका स्वर सुनिएको भन्दै यसलाई व्यवस्थापन गरेर अघि वढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “निर्णय आएपछि सम्झाउनुपर्ने हुन्छ । हामीसँग समय पनि छ ।” कार्यकर्तालाई सम्झाउन कठिन हुने भन्दै उहाँले गठबन्धनभित्रका दलले आफ्नो जनाधार कमजोर भएका ठाउँसमेतमा माग गरेका कारण टुङ्गो लाग्न कठिन भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *