Main News

आगामी तीन दिन नेपालको विभिन्न स्थानमा तापक्रम बढ्ने

हिमालय टिभी
२०७९ वैशाख ४ गते १८:५३
आगामी तीन दिन नेपालको विभिन्न स्थानमा तापक्रम बढ्ने

४ वैशाख २०७९ काठमाडौं । नेपालमा आगामी तीन दिनसम्म तापक्रममा वृद्धि हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजुधर प्रधानाङ्गले मंगलबारसम्म देशका विभिन्न स्थानमा तापक्रम वृद्धि हुने बताउनुभएको हो । केही दिनदेखि तापक्रम वृद्धि भइरहेको उल्लेख गर्दै उहाँले अझै केही दिनसम्म तापक्रम वृद्धि कायम रहने बताउनुभएको हो ।

हाल नेपालको माथिल्लो वायु मण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेकाले तापक्रम वृद्धि भएको उहाँले बताउनुभयो । केही दिनपछि भने उच्च चापीय प्रणालीको प्रभाव कम हुने र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने हुनाले तापक्रममा कमि आउने सम्भावना भएको बरिष्ठ मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘विगत केही दिनदेखि नेपालको विभिन्न स्थानमा तापक्रम बढ्ने क्रममा रहेको देखिएको छ । यसको मुख्य कारण नेपालको माथिल्लो वायु मण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेको देखिन्छ । र आगामी केही दिन पछि उक्त उच्च चापीय प्रणालीको प्रभाव कम हुने र पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने हुनाले आगामी तीन–चार दिन पछि नेपालको भू–भागहरुमा तापक्रममा केही कमी आउने सम्भावना देखिएको छ ।

उहाँले तराई क्षेत्रमा भने बढी नै तापक्रम वृद्धि हुने बताउनुभयो । हाल तराईका केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको भन्दै उहाँले यो क्रम केही दिनसम्म रहने बताउनुभयो ।

उहाँले भन्नभयो – ‘तापक्रम बढ्नुको मुख्य कारण एक त यो सिजनल इफेक्ट पनि हो । अहिलेको मौसम नै तापक्रम बढ्ने क्रममा रहने हुन्छ । त्यो हुनाले पनि हो एउटा । अर्को कारण चाहीँ नेपालको वायु मण्डलमा उच्च चापीय प्रणाली हुन्छ । उच्च चापीय प्रणाली हुँदाखेरी आकाश खुल्ने सूर्यको किरण सिधै पुथ्वीको सतहमा पर्ने हुनाले सतह नजिकको वायु तातिने हुनाले यो समयमा वायुको तापक्रम बढ्ने हुन्छ ।

उहाँले अहिले तापक्रम बढ्ने सिजन नै भएकाले पनि तापक्रम वृद्धि भइरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *