Main News

पाँच दलीय गठबन्धनको बैठक आज पनि, सर्ला चुनाव ?

हिमालय टिभी
२०७८ चैत २९ गते ९:०३
पाँच दलीय गठबन्धनको बैठक आज पनि, सर्ला चुनाव ?

२९ चैत २०७८ काठमाडौं । स्थानीय तह निर्वाचनमा तालमेलका विषयमा आज पनि सत्ता गठबन्धनबीच छलफल हुने भएको छ ।

स्थानीय तहको निर्वाचन सार्नका लागि अनौपचारिक र आन्तरिक छलफल भइरहेको चर्चाबीच पाँच दलीय सत्ता गठबन्धनको बैठक आज फेरि बस्न लागेको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजेका लागि बोलाइएको छ ।

बैठकमा चुनावी तालमेलको मापदण्डबारे छलफल हुने छ भने कहाँ कसरी तालमेल गर्ने, कसले, कसलाई, केका आधारमा छोड्ने भन्नेबार कुराकानी हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

हिजो बसेको सत्ता गठबन्धनको बैठकले अवस्था र ठाउँ अनुसार तालमेल गर्ने भन्दै सोही अनुसार अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *