Main News

युक्रेनमाथिको आक्रमण तत्काल रोक्न रुसी दूतावासको ध्यानाकर्षण

हिमालय टिभी
२०७८ चैत २५ गते १७:३४
युक्रेनमाथिको आक्रमण तत्काल रोक्न रुसी दूतावासको ध्यानाकर्षण

२५ चैत २०७८ काठमाडौं । युक्रेनमाथिको आक्रमण तत्काल रोक्न माग गर्दै अधिकारकर्मीहरूले नेपालस्थित रुसको दूतावासमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

नागरिक अगुवा डाक्टर गोविन्द केसीको अगुवाईमा केहीबेर रुसको दूतावास अघि युक्रेनमाथिको आक्रमणको विरोधमा प्लेकार्ड प्रदर्शन गरिएको थियो । रुसले युक्रेनमा गरिरहेको आक्रमण मानवताविरोधी भएकाले आफूहरू प्रदर्शनमा उत्रिएको उहाँले बताउनुभयो ।

अहिले युक्रेनमाथिको आक्रमणमा रसिया सिंगै देशभन्दा पनि त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको केसीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *