स्थानीय तहमा एक मात्र पदमा उम्मेदवारी दिने दलले महिला उम्मेदवार बनाउनैपर्ने

२२ चैत २०७८ काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर मध्ये एक पदमा मात्र उम्मेदवारी दिने दललाई महिलालाई मात्र उम्मेदवार बनाउन निर्देशन दिएको छ ।
निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै राजनीतिक दलहरुलाई दिएको निर्देशनमा प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्न निर्देशन दिएको हो ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेका दलहरुले प्रमुख र उपप्रमुखमा धेरै स्थानमा पुरुष मात्रै उम्मेदवार बनाएका थिए ।
स्थानीय तह निर्वाचन ऐनले प्रमुख र उपप्रमुखमा एक महिला हुनै पर्ने व्यवस्था गरेको छ। आयोगको यस्तो निर्देशनले गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरेका दलहरुले दुवै पदमा उम्मेदवार उठाउनुपर्ने अवस्था आउने देखिएको छ ।
प्रतिक्रिया