राजनीति

एमाले कुनै पनि गठबन्धनको पक्षमा छैन : उपाध्यक्ष पोखरेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २१ गते १४:५२
एमाले कुनै पनि गठबन्धनको पक्षमा छैन : उपाध्यक्ष पोखरेल (भिडियो रिपोर्टसहित)

२१ चैत २०७८ चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताउनुभएको छ ।

प्रेस चौतारी चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहमा आवश्यकता अनुसार सहमति हुन सक्ने तर केन्द्रबाट गठबन्धन नगर्ने बताउनुभएको हो ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रचण्डले कम्युनिष्ट पार्टी विभाजन गरेर कांग्रेसलाई सत्ता सुम्पिएको भन्दै माओवादी केन्द्रसँग गठबन्धन हुन नसक्ने स्पष्ट पार्नुभयो ।

निर्वाचन आयोगले दलहरुसँग परामर्श नै नगरी मतपत्रको रङ फेर्ने विषय अनौठो भएको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा नेता पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण उपलब्धिविहीन भएको भन्दै उहाँले राष्ट्रिय अडानलाई पनि प्रतिनिधित्व नगरेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्