Main News
पहाडी भेगमा केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
२०७८ चैत १८ गते ९:३१

१८ चैत २०७८ काठमाडौं । आज पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
विशेषगरी प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।
यस्तै तराईका भूभागमा भने हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज प्रदेश १, माधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भूभागमा मौसम भने सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया