Main News

एमाले कार्यकर्ताले आफ्नो सांसदमाथि आक्रमण गरेको जसपाको आरोप

हिमालय टिभी
२०७८ चैत १२ गते १७:५८
एमाले कार्यकर्ताले आफ्नो सांसदमाथि आक्रमण गरेको जसपाको आरोप

१२ चैत २०७८ काठमाडौं । जनता समाजवादी पार्टीले आफ्ना सांसद प्रमोद साहलाई नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ ।

जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तीमा पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुगेका साहलाई एमाले कार्यकर्ताले सांघातिक हमला गरी घाइते बनाएको उल्लेख छ । जसपाले घटनाको भर्त्सना गर्दै यस्ता अपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणाम भोग्न चेतावनी दिएको छ ।

घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग गर्दै जसपाले घाइतेहरुको उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । आज विहान सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ६, बयलवास बजारमा झडप हुँदा जसपाका ।सांसद साह गम्भीर घाइते हुनुभएको थियो ।

घाइते साहलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । भवन निर्माणका विषयमा वादविवाद भएपछि झडप दुइपक्षीयबीच झडप भएको थियो ।

झडपका क्रममा सांसद साहको गाडीमा तोडफोड हुनुका साथै केही मोटरसाइकलमा आगजनी समेत भएको प्रहरीले जनाएको छ। बयलवास बजार क्षेत्रमा रहेको फूलजोर युवा क्लबको भवन निर्माणको विषयमा सांसद साह पक्ष र स्थानीयवासीन्दाबीच विवाद भएको थियो।

सडक विस्तारका क्रममा क्लबको भवन भत्किएपछि स्थानीले पुनः त्यहीँ भवन बनाउनुपर्ने माग गरेका थिए । सांसद साह भने भवन अब अन्यत्र सार्नुपर्ने पक्षमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *