राजनीति
चुनावमा एमालेले कसैसँग गठबन्धन गर्दैनः सचिव भट्टराई (भिडियो रिपोर्टसहित)
२०७८ चैत ११ गते १८:३१

११ चैत २०७८ धनगढी । नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहको आगामी निर्वाचनमा आफ्नो पार्टीले अन्य दलसँग गठबन्धन नगर्ने बताउनु भएको छ ।
प्रेस चौतारी कैलालीले धनगढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव भट्टराईले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा कुनै निर्णय नगरेको र केन्द्रबाट गठबन्धनको घोषणासमेत नहुने स्पष्ट गर्नुभयो ।
सचिव भट्टराइले बैशाख ३० गते हुने निर्वाचनमा एमालेले ६० प्रतिशत भन्दा बढि पालिकामा जित्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया