Main News

चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदै

हिमालय टिभी
२०७८ चैत ११ गते ७:३३
चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदै

११ चैत २०७८ काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ ।

विदेशमन्त्री वाङ अपराह्न विशेष उडानमार्फत काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा वाङले भोलि प्रधानमन्त्री शेरबहादुर देउवा र पर्सि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

पाकिस्तानबाट अफगानिस्तान पुग्नुभएका वाङ हिजो भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । २५ सदस्यीय टोलीको नेतृत्व गर्दै आउने टोलीमा चीनका परराष्ट्र, ऊर्जा, सुरक्षा, अर्थ र वाणिज्य मन्त्रालयका वरिष्ठ अधिकारी तथा पत्रकार सहभागी रहने छन् ।

वाङको आज साँझ कुनै पनि उच्चस्तरीय भेटवार्ता हुने छैन । शनिबार बिहान १० बजे परराष्ट्रमन्त्री डा। खड्कासँग वाङले दुई पक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

परराष्ट्र मन्त्री खड्काले वाङलाई दिवाभोज दिने कार्यक्रम छ । त्यही समय नेपाल र चीनबीच केही समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ। शनिबार दिउँसो नै वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता तय भएको छ ।

आइतबार बिहान ९ बजे वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट्ने तय भएको छ । वाङ आइतबार दिउँसो ३ बजे बेइजिङ फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *