Main News

दैनिक ज्यालादारी गर्ने आम नागरिकको जीवन महङ्गीले यस्तो सकसपूर्ण (भिडियो रिपोर्टसहित)

२०७८ चैत ९ गते २०:४०
दैनिक ज्यालादारी गर्ने आम नागरिकको जीवन महङ्गीले यस्तो सकसपूर्ण (भिडियो रिपोर्टसहित)

९ चैत २०७८ काठमाडौं । दैनिक ज्यालादारी गर्ने आम नागरिकको जीवन महंगीले सकसपूर्ण छ । वर्षौँदेखि पारश्रमिक बढेको छैन तर दैनिक उपभोग्य वस्तुको मूल्य हरेक दिनजसो बढिरहेको छ । जसका कारण दैनिक श्रम गरेर परिवार पाल्नुपर्ने बर्ग मात्र होइन सबैजसो उपभोक्ता मारमा परिरहेका छन् । यस्तो अवस्थामा सरकार भने रमिते बनेको छ ।

धादिङका तिलक सुवेदी काम खोज्न सबेरै बसन्तपुरको मखन टोलमा पुग्नुहुन्छ । भारी बोकेर परिवार पाल्ने तिलकले सधै काम पाउनुहुन्न, काम पाए पनि थोरै मात्र कमाइ हुन्छ । काम नपाएको दिन त भोकै बस्नुपर्छ । यसै पनि अभाव र गरिबीको जाँतोमा पर्नु भएका तिलकलाई मूल्यवृद्धि थप निचोरेको छ ।

तिलक मात्र होइन पछिल्ला केही दिनयता उपभोग्य वस्तुमा दैनिकजसो भएको मूल्यबृद्धिले जुनसुकै पेसाका मानिस आजित भइसकेका छन् । तरकारी किनेर खान हम्मेहम्मे पर्न थालेको छ ।

आम्दानीका स्रोत बढेका छैनन् तर उपभोग्य वस्तुको मूल्य अनपेक्षित रुपमा बढ्दै गएको छ । अनियन्त्रित र मनोमानी रुपमा मूल्यवृद्धि भइरहँदा सरकारले केही गरे हुन्थ्यो भन्ने धेरैलाई लागेको छ । तर सरकारले दैनिक भइरहेको मूल्यवृद्धिमा खास सरोकार नदेखाएको नागरिकको गुनासो छ ।

उपभोग्य वस्तुसँगै घर भाडा, विद्यालयको शुल्क तथा गाडी भाडासमेत बढेको छ । यो भारले थोरै आम्दानी हुने नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ । यस्तो अवस्थामा सरकारले नागरिकलाई सहुलियत दिनु त कहाँ हो कहाँ बजार अनुगमनसमेत नगर्दा उपभोक्ता थप मारमा पर्दै गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *