एमाले केन्द्रीय कमिटी बैठक आज शुरु हुँदै

९ चैत २०७८ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज शुरू हुँदैछ ।
बैठकमा केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरुलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायतका कार्यसूची तय गरिएको छ ।
भोलिसम्म चल्ने बैठकमा अन्य दलसँग चुनावी तालमेलबारे पनि छलफल हुने जनाइएको छ । गठबन्धनमा आवद्ध दलहरू चुनावी मोडालिटी बनाएर अघि बढ्ने कसरतमा लागिरहेका बेला एमाले पनि अन्य दलसँग तालमेलको खोजिमा लागेको छ ।
स्थानीय तह निर्वाचनका लागि एमाले, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), डा. सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका पार्टीसँग गठबन्धन बनाउने’ बारेमा आन्तरिक छलफलमा एमाले जुटेको जनाइएको छ ।
प्रतिक्रिया