Main News

बागमती प्रदेशमा आफ्नो छुट्टै जासुसी संयन्त्र गठनको तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ८ गते १८:०७
बागमती प्रदेशमा आफ्नो छुट्टै जासुसी संयन्त्र गठनको तयारी (भिडियो रिपोर्टसहित)

८ चैत २०७८ हेटौंडा । बागमती प्रदेशले आफ्नो छुट्टै जासुसी संयन्त्र गठन गर्ने तयारी गरेको छ ।

बागमती प्रदेशसभाको बैठकमा प्रदेशसभामा गत पुस २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्यूरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले विधेयकलाई समितिमा छलफलका लागि पठाउन प्रस्ताव गर्नुभयो ।

कानूनमन्त्री खनालको प्रस्तावलाई प्रदेशसभा बैठकले सर्वसम्मत स्वीकार गरेको हो ।

त्यस्तै, सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको घोषणा गर्नुभयो ।

प्रदेशसभाको अर्को बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *